मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार १३.३५ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
पौष २३, २०८२ बुधबार
  • 211
    SHARES
  • बुधबार १३.३५ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १३.३५ अंकले घटेर २६३५.९४ को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ७ खर्ब १७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब १७ करोडको कारोकार भएको छ । 

    images

    त्यसैगरी आज ६२ कम्पनीको सेयर मुल्य बढेको छ भने १८७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ । यद्यपि, अन्य बढेका स्टकहरूको मूल्य वृद्धि दर साढे ३ प्रतिशतभन्दा कममा सीमित रह्यो ।

    घट्ने स्टकतर्फ, कारोबारमा आएको एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा बढेको हो । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से