काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । बुधबार ५ अर्ब १७ करोडको कारोकार भएको बजारमा आज ४ अर्ब ९० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १२९ कम्पनीको सेयर मुल्य बढेको छ भने ११५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनीको सेयर मुल्यमा हुनै परिर्वतन आएको छैन् ।
यसदिन सान्भि इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम देखिएको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह सकारात्मक देखिएका छन् ।


