मंगलबार, भाद्र २३ गते २०८३
images

५.५४ अंकले घटेर बन्द भएको बजारमा ६ अर्ब ४७ करोडको कारोबार

एक्सप्रेस पाना
पौष २८, २०८२ सोमबार
  • 145
    SHARES
  • ५.५४ अंकले घटेर बन्द भएको बजारमा ६ अर्ब ४७ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ ।  आज बजार ५.५४ अंकले घटेर २६३५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    images

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ४ अर्ब ९० करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ४७ करोडको कारोबार भएको छ ।  

    त्यसैगरी आज ७५ कम्पनीको सेयर मुल्य बढेको छ भने १७८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन् । 

    यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड–३ को इकाई मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ । यता, कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने ४.२५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सोमबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि राधी विद्युत कम्पनीको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ ।

    १३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन तथा म्युचुअल फण्ड उपसमूहका परिसूचक सामान्य रूपमा बढेका छन् । यता, व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.१६ प्रतिशतले घटेको छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से