मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले बढ्यो नेप्से,६ अर्ब ९९ करोडको कारोबार

एक्सप्रेस पाना
पौष २९, २०८२ मंगलबार
  • 171
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से,६ अर्ब ९९ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि सामान्य बढेको छ । सोमबार ६ अर्ब ४७ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ९९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११८ कम्पनीको सेयर मुल्य बढेको छ भने १३४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    यसदिन थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७५ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता ८३१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

    यता, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने मंगलबार ६ प्रतिशतभन्दा बढीले घटेको छ । यसदिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी, एसवाई प्यानल र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार उपसमूह ०.९८ प्रतिशत र अन्य उपसमूह ०.७८ प्रतिशतले वृद्धि भएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से