काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार ६ अर्ब ९९ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब २० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १२५ कम्पनीको सेयर मुल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । यस दिन मूल्य घटेका स्टहरुको गिरावटदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै ,यस दिन यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको हो ।
बाँकी ७ उपसमूहका परिसूचक भने यस दिन सामान्य बढेको हो । यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।


