आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं महानगरपालिकाले नदी किनारमा भवन निर्माणमा रोक हटायो

एक्सप्रेस पाना
माघ ७, २०८२ बुधबार
  • 116
    SHARES
  • काठमाडौं महानगरपालिकाले नदी किनारमा भवन निर्माणमा रोक हटायो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अब महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा निजी जग्गामा भवन निर्माण गर्न रोक नराखिने स्पष्ट पारेको छ।

    images

    यसअघि महानगरले नदी किनारको नापी नक्साबाट तोकिएको क्षेत्रमा थप २० मिटर भित्र भवन निर्माण रोक्ने निर्णय गरेको थियो। तर,सर्वोच्च अदालतले उक्त निर्णयको केही भाग उल्टाउँदै, मन्त्रालयले २०६५ सालमा तोकेको मापदण्डभित्र मात्रै काम गर्न सकिने आदेश दिएको छ। 

    अदालतले भन्यो “थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र बनाउनु कानुन र न्यायको आधारमा ठीक होइन।”

    images

    त्यसैले, अब महानगरपालिकाले निजी जग्गामा भवन निर्माण अनुमति रोक्ने छैन र हाल निर्माण भइरहेको संरचनामा पनि रोक लगाइने छैन।

    महानगरले सबै सरोकारवाला व्यक्ति, संस्था र निर्माण व्यवसायीलाई सर्वोच्च अदालतको आदेश र मापदण्डअनुसार काम गर्न जानकारी गराएको छ।

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका