मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

एक्सप्रेस पाना
माघ ७, २०८२ बुधबार
  • 318
    SHARES
  • नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ९.४३ अंकले घटेर २७०५.३८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार ११ अर्ब ८५ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ९२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८२ कम्पनीको मुल्य बढेको छ भने ७४ कम्पनीको सेयर मुल्य घटेको छ  । बाकी ३ कम्पनी को सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशतले बढेको छ। वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से