मंगलबार, भाद्र २३ गते २०८३
images

५७.५५ अंकले बढ्यो नेप्से,कारोबार १३ अर्ब नाघ्यो

एक्सप्रेस पाना
माघ ११, २०८२ आइतबार
  • 145
    SHARES
  • ५७.५५ अंकले बढ्यो नेप्से,कारोबार १३ अर्ब नाघ्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ५७.५५ अंकले बढेर २७७२.१७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार २.१२ प्रतिशतले बढेको हो । 

    बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बिहिबार ९ अर्ब ७ करोडको कारोबार भएको बजारमा आज १३ अर्ब ७८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २४० कम्पनीको सेयर मुल्य बढेको छ भने १९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य यस दिन सर्वाधिक ५.८० प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से