मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उत्साहजनक

एक्सप्रेस पाना
माघ १२, २०८२ सोमबार
  • 142
    SHARES
  • सोमबार नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उत्साहजनक

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार १३ अर्ब ७८ करोडको कारोबार भएको बजारमा आज १६ अर्ब ३५ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८८ कम्पनीको सेयर मुल्य बढेको छ भने १६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    यसदिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

    यसदिन हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । जसको सोमबार ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको हो । आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार ५६ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ नाघेको छ ।

    आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । सर्वाधिक बढेको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले उक्लिएको छ । त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से