काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ अर्ब ३५ करोडको कारोबार भएको बजारमा आज १४ अर्ब १६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३४ कम्पनीको सेयर मुल्य बढेको छ भने २२४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


