मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार नेप्से ५.३८ अंकले बढ्यो, कारोबार रकम घट्यो

एक्सप्रेस पाना
माघ १४, २०८२ बुधबार
  • 175
    SHARES
  • बुधबार नेप्से ५.३८ अंकले बढ्यो, कारोबार रकम घट्यो

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार १४ अर्ब १६ करोडको कारोबार भएको बजारमा आज ११ अर्ब ४९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४१ कम्पनीको सेयर मुल्य बढेको छ भने ११२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     यसदिन धेरै नाफा कमाउने तर्फ कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् । यी दुई कम्पनीको शेयर आज १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मिथिला लघुवित्त र पिपुल्स पावर कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    यसदिन कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि राधी विद्युत, एसवाइप्यानल र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा बढी कारोबार भएका छन् ।

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।

  • सम्बन्धित विषय:

  • # नेप्से