काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।
आज बजार १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ११ अर्ब ४९ करोडको कारोबार भएको बजारमा आज १४ अर्ब ५६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १७० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


