मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

एक्सप्रेस पाना
माघ १९, २०८२ सोमबार
  • 140
    SHARES
  • भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

    काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ ।

    images

    यसबारे भारतका वित्त मन्त्री निर्मला सीतारमण ले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६/२७ मा औपचारिक विनियोजन गरिएको छ । यो अनुदान रकम गत वर्षको बजेटको प्रस्तावभन्दा बढी भएको बताइएको छ ।

    आर्थिक वर्ष २०२४/२५ मा नेपाललाई ७ अर्ब भारू अनुदान दिएको थियो । यस्तै आर्थिक वर्ष २०२३/२४ मा ६ अर्ब ५७ करोड भारु अनुदान दिएको थियो । भारतको छिमेक पहिलो नीति अन्तर्गत यो अनुदान रकम प्रदान गरिएको हो ।

    images

    यसले नेपाली विकास प्रयास, पूर्वाधार, स्वास्थ्य, शिक्षा र आपत्कालीन राहत लगायतका क्षेत्रहरूमा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # अनुदान