मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजार झिनो अंकले उकालो, कारोबार रकम घट्यो

एक्सप्रेस पाना
माघ १९, २०८२ सोमबार
  • 109
    SHARES
  • सेयर बजार झिनो अंकले उकालो, कारोबार रकम घट्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ ।

    images

    आज बजार १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १० करोडको कारोबार भएको बजारमा आज ८ अर्ब २२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११४ कम्पनीको सेयर मुल्य बढेको छ भने १३४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आजको कारोबारमा एसवाइ प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार उर्जाको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

    एसवाइ प्यानलको शेयर मूल्य २,०३०.७० रुपैयाँ पुगेको छ भने श्रीनगर इग्रिटेकको शेयर मूल्य १,४७८.४० रुपैयाँ पुगेको छ । कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनीको शेयर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहका परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार