काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेर बन्द भएको छ ।
आज बजार १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ६३ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ४९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ११३ कम्पनकिो सेयर मुल्य बढेको छ भने १३४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


