काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे संगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४९ करोडको कारोबार भएको बजारमा बिहिबार ११ अर्ब ५८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २०१ कम्पनकिो सेयर मुल्य बढेको छ भने ५५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


