काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।
आज बजार १०.२५ अंकले घटेर २६९८.४४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ११ अर्ब ५८ करोडको कारोबार भएको बजारमा आइतबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८५ कम्पनकिो सेयर मुल्य बढेको छ भने १६८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


