काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ११ अर्ब ६५ करोडको कारोबार भएको बजारमा आज १० अर्ब ७७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४२ कम्पनकिो सेयर मुल्य बढेको छ भने २१२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


