मंगलबार, भाद्र २३ गते २०८३
images

नेप्सेमा गिरावट : १०.२५ अंकले घट्यो बजार

एक्सप्रेस पाना
माघ २७, २०८२ मंगलबार
  • 110
    SHARES
  • नेप्सेमा गिरावट : १०.२५ अंकले घट्यो बजार

    काठमाडौं । लगातार दुई दिनदेखी ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ । 

    images

    आज बजार १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार १० अर्ब ७७ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ६१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७४ कम्पनकिो सेयर मुल्य बढेको छ भने १७९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाईमूल्य करिब ४ प्रतिशतले बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।

    १३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।

     

  • सम्बन्धित विषय:

  • # नेप्से