काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।
आज बजार ०.४ अंकले घटेर २६६२.०९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ८ अर्ब ६१ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ६९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ११३ कम्पनकिो सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यस दिन रिडी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, सुमर माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६।३९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा पनि रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बाँकी उपसमूहहरूमा झिनो गिरावट देखिएको छ ।


