मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ८.१६ अंकले अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण ४, २०८२ सोमबार
  • 164
    SHARES
  • सोमबार ८.१६ अंकले अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । बिहिबार ११ अर्ब १० करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ९४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८६ कम्पनकिो सेयर मुल्य बढेको छ भने १६३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

    कारोबारका क्रममा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको हो।

    यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

    उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ। जलविद्युत उपसमूह भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ।

    समग्रमा, साताको पहिलो दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा केही सतर्कता बढेको संकेत गरेको छ।

  • सम्बन्धित विषय:

  • # नेप्से