मंगलबार, भाद्र २३ गते २०८३
images

२१.६२ अंकले बढ्यो नेप्से , घट्यो कारोबार रकम

एक्सप्रेस पाना
फाल्गुण १२, २०८२ मंगलबार
  • 137
    SHARES
  • २१.६२ अंकले बढ्यो नेप्से , घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अकंले बढेको छ । 

    images

    आज बजार २१.६२ अंकले बढेर २६३६.६० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब १३ करोडको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब २३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २१३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    मंगलबार पनि सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

    त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशतले उकालो लागेको छ । यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से