काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार १०.३० अंकले बढेर २६४८.९० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बुधबार कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ४ अर्ब २३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ४५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १५७ कम्पनीको सेयर मुल्य बढेको छ भने ९० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


