काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ६.०३ अंकले बढेर २६५४.९३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ४ अर्ब ४५ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब १७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३७ कम्पनीको सेयर मुल्य बढेको छ भने ११८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


