काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार १९.२७ अंकले बढेर २६७४.२० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बिहिबार ४ अर्ब १७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ६४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८७ कम्पनीको सेयर मुल्य बढेको छ भने ६४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


