काठमाडौं । सेयर बजारमा दोस्रो पटक पनि पोजिटिभ सर्किट ब्रेक लागेको छ ।
सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि उछालको गति उस्तै रह्यो र फेरि एक मिनेटमै थप १ प्रतिशत विन्दू बढ्दै कुल ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लाग्दै ४० मिनेटका लागि कारोबार रोकिएको हो ।
पहिलो सर्किटपछि खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेर २८४८.२२ विन्दूमा पुगेको छ । अब ४० मिनेटपछि खुल्ने बजारमा नेप्से थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशतसम्म बढेमा सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द हुने नेपाल स्टक एक्सचेन्जको नियम रहेको छ । यस अवधिमा नेप्से परिसूचक १३५.७२ अंकले बढ्दै २८४८.२२ विन्दुमा पुगेको छ।


