काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले घटेको छ ।
आज बजार ३२.०८ अकंले घटेर २८४३.४५को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि मंगलबार कारोबार रकम भने उल्लेखिय मात्रामा बढेको छ । सोमबार तेस्रो सर्किट लागेर बन्द भएको बजारमा मंगलबार २१ अर्ब ५० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ७८ कम्पनीको सेयर मुल्य बढेको छ भने १७८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो । यस कम्पनीको १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट पनि उच्च कारोबार हुने कम्पनीमा परे ।
यस दिन रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै अपर सर्किट लागेको छ भने थ्रीस्टार हाइड्रोपावर, कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य पनि उल्लेख्य बढ्यो ।
यता हिमस्टार ऊर्जाको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ। बजार विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र वृद्धिपछि आएको यस्तो करेक्सनलाई सामान्य मान्न सकिन्छ ।


