काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ४६.७८ अंकले घटेर २७९६.५७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार २१ अर्ब ५० करोडको कारोबार भएको बजारमा बुधबार १३ अर्ब १८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३४ कम्पनीको सेयर मुल्य बढेको छ भने २२५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


