काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहिबार दोहोरो अंकले बढेको छ ।
आज बजार २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बुधबार १३ अर्ब १८ करोडको कारोबार भएको बजारमा बिहिबार १४ अर्ब ५५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १७६ कम्पनीको सेयर मुल्य बढेको छ भने ७७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


