मंगलबार, भाद्र २३ गते २०८३
images

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

एक्सप्रेस पाना
फाल्गुण २९, २०८२ शुक्रबार
  • 136
    SHARES
  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

    images

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँट भएको हो ।

    कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

    images

    सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।

    कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # पाल्पा सिमेन्ट