काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ४.४५ अंकले बढेर २८२४.९० को अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेर बन्द भए पनि कारोबार रकम भने सामान्य घटेको छ । बिहिबार १४ अर्ब ५५ करोडको कारोबार भएको बजारमा आज १४ अर्ब ३२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १२४ कम्पनीको सेयर मुल्य बढेको छ भने १३० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । आज सोलु हाइड्रोपावर लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।


