काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २६.०७ अंकले घटेर २७९८.८३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार १४ अर्ब ३२ करोडको कारोबार बजारमा आज ११ अर्ब ९७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४८ कम्पनीको सेयर मुल्य बढेको छ भने २११ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । सोमबार ४ वटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।


