काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार १३.५१ अंकले बढेर २८१२.३४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै मंगलबार कारोबार रकम पनि सामान्य बढेको छ । सोमबार ११ अर्ब ९७ करोडको कारोबार भएको बजारमा आज १२ अर्ब ३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३२ कम्पनीको सेयर मुल्य बढेको छ भने ११३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


