काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार उच्च अंकले बढेको छ ।
आज बजार ६४.६७ अंकले बढेर २८७७.०२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढे संगै कारोबार रकम पनि बढेको छ । मंगलबार १२ अर्ब ३ करोडको कारोबार भएको बजारमा आज २१ अर्ब २२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २४० कम्पनीको सेयर मुल्य बढेको छ भने २२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


