काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ५४.५१ अंकले बढेर २९३१.५५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढे संगै कारोबार रकम पनि बढेको छ । बिहिबार २१ अर्ब २२ करोडको कारोबार भएको बजारमा आइतबार २३ अर्ब ५९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


