मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले बढ्यो नेप्से , घट्यो कारोबार रकम

एक्सप्रेस पाना
चैत्र ९, २०८२ सोमबार
  • 161
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से , घट्यो कारोबार रकम

    काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ५.०१ अंकले बढेर २९३६.५६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । आइतबार २३ अर्ब ५९ करोडको कारोबार भएको बजारमा आज १५ अर्ब ७८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०२ कम्पनीको सेयर मुल्य बढेको छ भने १५४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

    यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ।

    कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।

    १३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ।

     

  • सम्बन्धित विषय:

  • # नेप्से