मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ४७.७१ अंकले घट्यो नेप्से,१२ अर्ब ९४ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 257
    SHARES
  • सोमबार ४७.७१ अंकले घट्यो नेप्से,१२ अर्ब ९४ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ४७.७१ अंकले घटेर २८३१.३९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार १५ अर्ब ३ करोडको कारोबार भएको बजारमा आज १२ अर्ब ९४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २६ कम्पनीको सेयर मुल्य बढेको छ भने २३७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी  ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

    गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।

    यसदिन रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सप्तकोशी विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, सोलु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यसदिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । साथै, नाग्दी ग्रुप पावर र सिवम सिमेन्टको करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।

    आज १३ वटै उप समूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूह सबैभन्दा बढी २.५६ प्रतिशतले घटेको छ । वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से