काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ७४.३ अंकले घटेर २७७६.३६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेर बन्द भए पनि कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ११ अर्ब ११ करोडको कारोबार भएको बजारमा आज १२ अर्ब १० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३ कम्पनीको सेयर मुल्य बढेको छ भने २५५ कम्पनीको सेयर मुल्य घटेको छ ।


