काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ५.८२ अंकले बढेर २७८२.१८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेर बन्द भए पनि कारोबार रकम भने घटेको छ । बुधबार १२ अर्ब १० करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ८१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ९८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


