काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ ।
आज बजार ८३.३३ अंकले बढेर २७६०.०२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार १२ अर्ब ३८ करोडको कारोबार भएको बजारमा आज १० अर्ब ९२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २६४ कम्पनीको सेयर मुल्य बढेको छ भने ३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए। भेटका क्रममा उनले सरकार निजी क्षेत्र तथा पूँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभए डराउनुपर्ने अवस्था नरहेको बताएका थिए। यही सन्देशले लगानीकर्तामा विश्वास बढाएको विश्लेषकहरूको भनाइ छ।


