काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार २.६१ अंकले घटेर २७५७.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार १० अर्ब ९२ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ७३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


