काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंंकले बढेको छ ।
आज बजार ४५.१२ अंकले बढेर २८०२.२५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब ७३ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ३१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २५१ कम्पनीको सेयर मुल्य बढेको छ भने १५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


