मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ४८.७१ अंकले बढ्यो नेप्से ,९ अर्ब ९१ करोडको कारोबार

एक्सप्रेस पाना
चैत्र २६, २०८२ बिहीबार
  • 163
    SHARES
  • बिहिबार ४८.७१ अंकले बढ्यो नेप्से ,९ अर्ब ९१ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ४८.७१ अंकले बढेर २८५१.२४ को विन्दुमा बन्द भएको भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ३१ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब ९१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २५१ कम्पनीको सेयर मुल्य बढेको छ भने १६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ । 

    यस दिन ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।


    विपरीत रूपमा, एनआइसी एशिया फन्डको इकाईमूल्य भने सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेश्नल हाइड्रो अग्रस्थानमा रहेको छ, जसको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी तथा हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


    उपसमूहतर्फ हेर्दा, सबै १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ । साथै, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, वित्त, लगानी, लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से