काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार ४.१८ अंकले घटेर २८३३.६० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ ।
बिहिबार ९ अर्ब ९१ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ६६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०५ कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


