काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । यस अघि ८ अर्ब ६६ करोडको कारोबार भएको बजारमा बुधबार १० अर्ब ५३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २२१ कम्पनीको सेयर मुल्य बढेको छ भने ४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


