काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ३३.८३ अंकले घटेर २८३३.०३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटे संगै कारोबार रकम पनि घटेको छ । बुधबार १० अर्ब ५३ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब ३१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३१ कम्पनीको सेयर मुल्य बढेको छ भने २३६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


