काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ५.३६ अंकले बढेर २८३८.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । बिहिबार ९ अर्ब ३१ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


