काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ ।
आज बजार १३.१७ अंकले घटेर २८२५.२३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ७ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज आज ६५ कम्पनीको सेयर मुल्य बढेको छ भने १९७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


