मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १७.९१ अंकले घट्यो नेप्से , ५ अर्ब ७७ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख ८, २०८३ मंगलबार
  • 285
    SHARES
  • मंगलबार १७.९१ अंकले घट्यो नेप्से , ५ अर्ब ७७ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १७.९१ अंकले घटेर २८०७.३१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेर बन्द भए पनि कारोबार रकम भो सामान्य बढेको छ । सोमबार ५ अर्ब ४३ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४८ कम्पनीको सेयर मुल्य बढेको छ भने, २१५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    बजार ओरालो लागे पनि सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १५ प्रतिशतले बढ्दा दोल्ती पावरका लगानीकर्ताले भने सर्वाधिक ८.७१ प्रतिशत गुमाएका छन्।

    समूहगत रूपमा हेर्दा १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह मात्र १.१६ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा उपसमूहका परिसूचक घटेका छन्, जसमा अन्य, जलविद्युत र वित्त उपसमूहमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।

  • सम्बन्धित विषय:

  • # नेप्से