मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २८०४ को विन्दुमा नेप्से , ७ अर्ब ८१ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख ९, २०८३ बुधबार
  • 298
    SHARES
  • बुधबार २८०४ को विन्दुमा नेप्से , ७ अर्ब ८१ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार २.९५ अंकले घटेर २८०४.१७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ५ अर्ब ७७ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ८१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १२१ कम्पनीको सेयर मुल्य बढेको छ भने, १३८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आज बजार घटे पनि तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यस्तै, झापा इनर्जीको शेयर मूल्य १४ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९ प्रतिशतले बढेको छ ।

    यता, होटल फरेष्ट इनको शेयर मूल्य भने १०.७५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेको छ ।
    यसदिन कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड र सोलु हाइड्रोपावरको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

    यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक २.३६ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

  • सम्बन्धित विषय:

  • # नेप्से